२ श्रावण २०८३, शनिबार

दाङको एक कोरोना सक्रमित पुरुषको बाँकेमा मृत्यु

एसीपी संवाददाता

२१ कार्तिक २०७७, शुक्रबार ०३:०६ मा प्रकाशित

बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका थप एक जना कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ ।
यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट दाङका एक पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको जिल्ला covid 19 संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको हो ।
केन्द्रका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका १० का ६४ वर्षीय पुरुषको गए राति ९ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषलाई स्वास्थ्यमा समस्या आए पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पिसिआर परिक्षण गरिएकोमा गत कार्तिक १३ गते उनलाई कोरोना संक्रमण भाइरस पुष्टि भएको थियो ।
कोरोना संक्रमण पोजेटिभ देखिए पश्चात उनलाई कोरोना अस्पताल बेल्झुण्डीमा भर्ना गरिएको थियो । उपचार गरिरहदा पनि उनको स्वास्थ्यमा सुधार नआएपछि बुधबार भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको श्रोतले जनाएको हो। उपचार कै क्रममा कोरोना संक्रमणबाट उनको मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x