२ श्रावण २०८३, शनिबार

नेकपा बिवाद उत्कर्समा फुट्को संकेत

एसीपी संवाददाता

२१ कार्तिक २०७७, शुक्रबार ०६:१६ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आफ्ना निकटका नेता तथा कार्यकर्तासँग छलफल गर्ने क्रमलाई तीव्र बनाएका छन्।

भौतिक रूपमा भेटघाट गर्न नसकिएको अवस्थामा प्रविधिको प्रयोग गरेर भए पनि उनी अहिले आफू पक्षधर नेता र कार्यकर्तालाई पार्टीभित्र देखिएको अवस्थाका बारेमा अवगत गराउँदै आएको जानकारी केही नेताहरूले दिएका छन्।

बुधवार उनले प्रदेश नं १ का विश्वासपात्र नेताहरूसँग जूम भेला गरेको चर्चाले अहिले नेकपावृत्तमा तरङ्ग उत्पन्न भएको छ। लामो समयदेखि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको मतभेदका कारण पार्टीभित्र जटिल परिस्थिति सिर्जना भएको प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरू बताउने गरेका छन्।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चर्चामा आए जस्तो प्रधानमन्त्री ओलीले आफू निकटका कार्यकर्तालाई जूम बैठकमा बोलाएर एकपक्षीय धारणा राखेको हो भने त्यो पार्टी हितविपरीत भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधवार जूम बैठकमा प्रदेश नं १ का आफू निकटस्थ नेता तथा कार्यकर्तासँग कुरा गरेको नेकपाका प्रदेश नं १ का नेता तथा कार्यकर्ताहरूले पुष्टि गरेका छन्।

उक्त बैठकमा ओलीपक्षीय १७ नेताको सहभागिता रहेको प्रचण्डपक्षीय नेताहरूको दाबी छ। ओलीपक्षीय नेताहरूले यसबारे खुलेर कुरा गर्न चाहेनन्।

तर सत्तारूढ नेकपाका प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले केही समययता प्रधानमन्त्री ओलीसँग आफ्नो पनि सम्पर्क निकै बाक्लिएको बताए।

उनले भने, म त जूम मीटिङमा उपस्थित हुन पाइनँ, बाहिर जानु थियो। तर प्रधानमन्त्रीज्यूको कुरा पार्टीभित्र दिनहुँ बढिरहेको जटिल परिस्थितिलाई कसरी निकास पाउने भन्ने नै हो।

ओली निकट मानिने झापाका एक जना नेता शिव ढुङ्गेलले जूम बैठकका बारेमा आफूले सञ्चारमाध्यमबाट थाहा पाएपछि केही नेतासँग कुरा गरेको बताए।

उनले भने, तत्कालीन एमालेको नारा ुजनताको बहुदलीय जनवादका कुरा मीटिङमा भयो भएन भनेर टिप्पणी म गर्दिनँ। तर आगामी महाधिवेशनमा वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उक्त नारालाई जोडतोडका साथ उठाउनुहुन्छ। त्यो चाहिँ पक्का हो।

तर बैठकको कुरा बाहिर कसरी आयो भन्ने कुराले आफू छक्क परेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए। मीटिङमा के के विषय उठे भन्नेबारे अहिले म केही बोल्दिनँ। यति हो, गोप्य कुरा कसरी बाहिर आयो ? उनले भने।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी भएको कुरा चर्चामा आए पनि त्यसबारे थप जानकारी प्राप्त हुन सकेन । बुधबार गरिएको जूम बैठकबारे पार्टीमा कुनै सल्लाह नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

श्रेष्ठले भने, योबारे मलाई कुनै जानकारी छैन। मैले पनि मिडियाबाटै थाहा पाएको हुँ। चर्चामा आए जस्तो जनताको बहुदलीय जनवादलाई ब्युँताउने कुरा बैठकमा गरिएको भए त्यसले पार्टीलाई हानि हुने उनको तर्क छ।

उनले भने, जबजलाई तल्लो तहसम्म पुर्‍याएर लाइन बनाउने, मदन भण्डारी फाउन्डेशनललाई गाउँसम्म पुर्‍याउने र पार्टीलाई फुटसम्मको स्थितिमा पुर्‍याउने भन्ने कुरा जसरी चर्चामा आएको छ। यो पार्टीको मर्मविपरीत हो। बीबीसीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x