९ मंसिर २०८३, मंगलवार
पाकिस्तानका कुख्यात अन्डरवर्ल्ड डन आमिर बलज टिपुको गोली हानी हत्या
लाहोर : पाकिस्तानको लाहोरबाट एउटा अचम्मको खबर आएको छ । कुख्यात अन्डरवर्ल्ड डन आमिर बलज टिपुको गोली हानी हत्या भएको छ । गत फेब्रुअरी १८ मा चुङ क्षेत्रमा विवाह समारोहका क्रममा अज्ञात आक्रमणकारीले गोली हानेका थिए । बालाज एक विवाह समारोहमा जाँदै गर्दा तीन जनासहित उनीमाथि गोली प्रहार भएको थियो । 
पाकिस्तानको प्रमुख समाचार डनका अनुसार लाहोरको अन्डरवर्ल्ड र सामान यातायात नेटवर्कका मालिक अमिर बालाज आइतबार एक विवाह समारोहमा सहभागी हुन को चुङ क्षेत्रमा गएका थिए। सन् २०१० मा अल्लामा इकबाल विमानस्थलमा भएको घातक हमलाको सिकार भएका आरिफ अमिर उर्फ टिपु त्राकनवालाका छोरा अमिर बालाज टिपुको गोली हानाहानमा घाइते भएका थिए ।
Subscribe
Login
0 Comments


