२ श्रावण २०८३, शनिबार

बलात्कारका बिरुद्ध शनिबार विरोध प्रदर्शन

एसीपी संवाददाता

२२ कार्तिक २०७७, शनिबार ११:५७ मा प्रकाशित

फाइल तस्बिर । महिला हिंसा र बलात्कारका बिरुद्ध शनिबार काठमाडौं लगाएत सातै प्रदर्शनमा विरोध प्रदर्शन गरिएको छ ।
कालो पहिरनमा उपस्थित युवाको समूहले काठमाडौंको माइतिघर लगाएत बिभिन्न प्रदेशमा प्रर्दशन गरेका हुन् । शनिबार माइतीघर मण्डला नजिकैको सडकमा बसेर युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक, नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ लगायत थुप्रै नारा लगाउदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
महिला हिंसा र बलात्कारका बिरुद्ध सो समूहले निरन्तर रचनात्मक विरोधका कार्यक्रम गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x