२ श्रावण २०८३, शनिबार

नेपालको १५० हेक्टर जग्गा मिचेको भन्दै बेलायती समाचारमा चर्चा

एसीपी संवाददाता

२३ कार्तिक २०७७, आईतवार ०७:४५ मा प्रकाशित

काठमाडौं । चीनले हुम्लामा सीमा मिचेको विषयमा सबै जानकार छन् । यद्यपि सरकारले अध्ययन नै नगरी मिचेको छैन भनिरहेको छ ।

पछिल्लो समय नाम्खा गाउँपालिकाको लिमीस्थित लाप्चा क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको छ । ललुङजोङ भवन बनाएको चीनले यो जिल्लामा तीन चार ठाउँमा भूमि अतिक्रमण गरेको छ ।

कांग्रेस संसदीय दलका नेताले गरेको स्थलगत अध्ययनमा कतै पिल्लर सारिएको, कतै खोलामा फालिएको र कतै पिल्लर सारेर नेपाल भूभागमा आएर तारवार गरिएको अवस्थामा हुम्लाको भूमि फेला परेको तथ्य बाहिर ल्यायो । चीनले भूमि मिचेको तस्विर र भिडियो सहित बाहिर आएपछि पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाले पनि कभरेज गरे ।

सरकार र चिनियाँ दूतावासले भूमि नमिचेको दावी गरिरहेका बेला पश्चिमा मिडियामा मिचेको समाचार आएपछि चीन आत्तिएको छ । बेलायतको टेलीग्राफ पत्रिकाले हुम्लाको पछिल्लोसहित विभिन्न स्थान १५० हेक्टर जमिन चीनले मिचेको भन्दै रिपोर्ट सार्वजनिक गर्यो । पहिले कति मिचेको हो त्यो त सरकारले भन्ने कुरा हो ।

तर अहिले भूमि मिचिँदा पनि मिचिएको छैन भनेर ओली सरकार चीनसँग लम्पसार परेका बेला टेलिग्राफले इतिहाससहित रिपोर्ट सार्वजनिक गरेपछि बेइजिङमा खैलाबैला भएको छ । नेपालको सीमाको कुरालाई खासै महत्व नदिने चिनियाँ विदेश मन्त्रालयमा मंगलवार प्रवक्ताले टेलिग्राफका पत्रकारसँग सवाल जवाफ नै गरे ।

मन्त्रालयका प्रवक्ता वाङ वेनविनले टेलिग्राफका बेइजिङ सम्वाददातासँग सवाल जवाफ गरेर आधारहिन भएको दावी गरे। उनले कांग्रेसको रिपोर्टलाई पनि आधारहिन भने। प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गरेको थियो ।

समाचारमा नेपाली राजनीतिज्ञहरुले नेपालको १५० भन्दाबढी हेक्टर जमिन चीनले अतिक्रमण गरेको र चीनले नदीको प्रवाह नै परिवर्तन गरेको रिपोर्ट आएको उल्लेख छ। नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x