जो बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन
अमेरिका । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि शानदार जित हात पार्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् । उनी अमेरिकाका ४६ औँ राष्ट्रपति बनेका छन्।
अहिलेसम्मको मत परिणाम अनुसार जो बाइडनले २७३ इलेक्ट्रोरल मत जितेका छन्। राष्ट्रपति ट्रम्पले २१३ इलेक्ट्रोरल मत हात पारेका छन्।
सिएनएनको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् ।


