२ श्रावण २०८३, शनिबार

महामारीविरुद्घको लडाइँमा सफलता हासिल गर्न सरकार र नेपाली जनतासँग भारतको अटुट साथ-राजदूत क्वात्रा

एसीपी संवाददाता

२३ कार्तिक २०७७, आईतवार १८:४८ मा प्रकाशित

भारत सरकारले नेपाललाई २८ वटा आईसीयू भेन्टिलेटर सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेका छन् । राजदूत क्वात्राले महामारीविरुद्घको लडाइँमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटुट साथ रहेको बताए ।

भारतले गत वैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका स्वास्थ्य सामग्री र जेठ ४ गते पीसीआर किट, साउन २५ गते आईसीयू भेन्टिलेटर, भदौ ३० गते रेमडेसिभिर औषधिसमेत प्रदान गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x