चीनका पक्षधर नेता परराष्ट मन्त्री श्रेष्ठ आज राति चीन जादै
नेपालमा चिनियाँ बिचार र परियोजना जसरी पनि लागू गराउने नेताको रूपमा रहेका माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज राति चीनको औपचारिक भ्रमणमा जादै छ । श्रेष्ठ चीन नजिकका नेताका रूपमा रहेको बुझिन्छ ।
नेपालमा कुनै परिस्थितिमा चिनियाँ पछधरलाई मिलाएर कम्युनिस्ट नेताको कब्जा राखेर नेपालमा स्वार्थ सिद्ध गर्ने मन्साय ले नेताहरु भ्रमण गराउने गरेका हुन । सो हो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आज राति ११ बजे चीन जान लागेका हुन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी यही चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


