२ श्रावण २०८३, शनिबार

नेपालमा बिहीबार पनि थपिए १ हजार ९ सय १३ कोरोना संक्रमित

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ११:०० मा प्रकाशित

नेपालका बिहीबार थप १९१३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार २४२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २३४९ जना कोरोना मुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

नेपालमा हाल ३८ हजार ४६१ जना आइशोलेशनमा छन् भने ९७४ जना क्वारेन्टीनमा छन् । हालसम्म १५ लाख ८४ हजार ३१७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x