जनमत त्रैमासिक रक्तदान कार्यक्रम टिभीएस शोरुममा सम्पन्न
जनमत त्रैमासिक रक्तदान कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । जनमत पत्रिकाले नेपालगन्ज–१८ कारकाँदोस्थित श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. बाँकेसँगको सहकार्यमा बिहीबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा २३ पुरुष र ८ महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन जायसवालले बताए । रक्तदातामा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायत छन् । कोरोेना भाइरसका कारण रगतको अभाव भइरहेको बेला भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालगंज पुष्पलाल चौकमा रहेको टिभिएस मोटरसाइकिलको शोरुमको हालमा सम्पन्न रक्तदान कार्यक्रममा जनमत साप्ताहिक पत्रिकाका प्रधान सम्पादक पुर्णलाल चुके,दैनिक नेपालगंजका प्रधानसम्पादक झलक गैरै सहित उपस्थिती रहेको थियो ।

ग्रेस एण्ड ग्लोबल टे«डिग प्राईभेट लिमिटेडको सहकार्य जनमत त्रैमासिक रक्तदान कार्यक्रमको ४७ औं श्रृखला सम्पन्न भएको ग्रेस एण्ड ग्लोबल टे«डिग प्राइभेट लिमिटेडका संचालक बिशाल श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा जनमत साप्ताहिक पत्रिकाका प्रधान सम्पादक पुर्णलाल चुके,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रणबहादुर शाही महादेव सिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुभारम्भ गरेका थिए ।

रक्तदान कार्यक्रमको टिभीएस तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिग प्रा.लि.नेपालगंजको सहकार्य तथा जनमत अद्र्ध साप्ताहिकद्धारा आयोजित गरिएको संचालक बिबेकले जानकारी दिनु भयो ।





