९ मंसिर २०८३, मंगलवार

कहिले रोकिन्छ चिनियाँ नागरिकको ठगी , ठगीमा गरेको आरोपमा वीरगञ्जबाट ३ चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

१८ चैत्र २०८०, आईतवार १८:२० मा प्रकाशित

पक्राउ पर्नेमा   चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ,   हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्‍न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनलाइन खबर बाट

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x