२ श्रावण २०८३, शनिबार

सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप,मंसिर ३० गतेसम्म सिमानाका नखोल्ने निर्णय

एसीपी संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार ०१:३८ मा प्रकाशित

सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ ।

बाँकेको जमुनाह सिमानाकाको अवस्था

नेपाल भारत आवत जावत गर्नेको सिमानाका जमुनाहामा भिड नै हुन थालेपछि त्यसको ब्यवस्थापन गर्न सिमा प्रहरीलाई हम्मे परेको छ । भिडलाई ब्यवस्थापन गर्न ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरिक्षक बिष्णु गिरी आफै खटिदै आएका छन् । आवश्यकता भन्दा कम जनशक्ति रहेको जमुनाहमा तैनाथ प्रहरी जवानहरु दिनभरी भिडलाई ब्यवस्थित गर्ने काममा लागि पर्छन् । भिड कै बिचमा रहेका ईन्चार्ज गिरीले अत्यावश्यक बाहेकका ब्यक्तिहरु समेत भारत जान सिमा नाका पुग्ने गरेका कारण अनावश्यक भिड बढ्ने गरेको बताए ।

केन्द्रिय निर्णय

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिनुभएको हो । सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो । बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । यस्तै बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी कोरोनाविरुद्धको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली गठन गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह बमोजिम बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि मल किन्ने निर्णय गरेको छ भने नेपालमा नै रसायनिक मल कारखाना खोल्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो । साथै पुस्तक आयातमा लाग्दै आएको विवादास्पद भन्सार महशुल खारेज गर्ने निर्णय समेत गरेको उहाले जानकारी दिनुभयो ।
बैठकले सार्वजनिक खर्चमा मितव्यतिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै देशका बिभिन्न स्थालाई औधोगिक ग्राम घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै किजापूजाको अवसरमा मंसिर दुई गते सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x