जनमत अधिवेशन क्रम जारी १४ मा बागवान अध्यक्ष
जनमत पार्टी बाँकेले आज शनिबार पनि अधिवेशनलाई तिब्रता दिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ मा प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ। आजको भेला पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख आतिथ्यमा गरिएको हो । कार्यक्रमको अध्यक्षता नसिमुन शेषले गरेको । कार्यक्रम अन्य नेताहरूमा जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमतका नेता तथा जिल्ला सदस्य रियाज अंसारी, जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला सदस्य नाजमा बागवान, नौसाद अंसारी, शैलेन्द्र कुमार कर्ण, राजू शेष, नसिमुन शेष, कुन्नी चमार, शीला रैदास, प्रहलाद यादव, जिल्ला सदस्य कलामुद्दीन शेष, राहुल शेष, शम्साद शेष, इसारत शाह, इसराईल शेष, अफरोज जहाँ शेष, जास्मिन शेष, मुस्तफा अंसारी, मुकिम शेष,अलि हुशेन अंसारी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको हो। आजको भेलावाट सर्वसम्मतिले ११ सदस्यीय वडा समिति चयन गरिएको छ। आजको भेलावाट चयन भएका समितिमा अध्यक्ष सलीम बागवान, उपाध्यक्ष पुनमदेबी कोरी, कोषाध्यक्ष समुन्द्री कोरी, सचिव इरसाद राई, सदस्यद्वय प्रमानन्द भाँट,दिल बहार अंसारी, सीता सिंह, गुलाम रसूल, सहिरुल निशा शाह, कासिम जोलाह, हजरत अली बागवान तथा मायावती बसखोर रहेका छन। कार्यक्रममा बोल्दै इरफान अहमद शेषले अबको दिनमा मधेशको सम्पूर्ण नेतृत्व जनमतले नै गर्ने भनेका छन, मन्तब्य राख्दै नेता शेषले पूर्व मधेसी नेताहरू माथि खनिएका थिए मधेसी नेताहरूलाई कथित मधेसीको संज्ञा दिइएका छन, मधेशको नाममा धेरै नै लूट घसोट भएको तर अब मधेशमा यस्ता नेतालाई लट्ठीले लखेट्ने चेतावनी समेत दिइएका छन, मधेशमा रहेको प्रहरी प्रशासनले सदियौं देखि दमनकारी तथा लूट घसोट गरि मधेसी जनतामा डरत्रास फैलाएकोले हाम्रो अथवा स्वराजिहरुको उदय भएको जिकिर गरेका छन, मधेसमा अब काला गोराको जस्तो बिभेदकारी, विभाजनकारी, नस्लीय चिन्तनबाट ग्रसित शासनप्रणाली नचल्ने समेत भनेका छन, अब मधेशमा समुदायिक स्वराज आउने निस्चित रहेको जनाएका छन। मधेशमा अहिले गरिबी , अशिक्षा, स्वास्थ समस्या बढेको प्रति चिन्तित र यसका कारक नेपाली शासक नै भएको भनेका छन, हाम्रो पार्टीको पहिलो प्राथमिकता मधेशमा १० लाख रोजगारी श्रृजना गर्ने लक्ष्य रहेको जिकिर गरेका छन।



