२ श्रावण २०८३, शनिबार

सिमानाकाको छिट्टै समाधान नगरे सबै नाकामा आन्दोलन बढने संकेत

एसीपी संवाददाता

१ मंसिर २०७७, सोमबार १६:४० मा प्रकाशित

अहिले बाकेको जमुनाह नाका हरेक दिन नेपाल आउने र नेपाल बाट भारत जानेको ठुलो भिड लाग्न शुरु भएको छ । बिश्व भरि कोभिड १९ फैलिएको बेला देश भर जारी भएको नेपाल बन्द र भारतिय सिमा नाकामा अहिले भारत तर्फ नाका खोले जस्तो गरेको आवस्था म नेपाल सरकारले म्याद म म्याद थपिएको बाके सहित भारत सङ जोडिएको सबै नाकामा रहेका प्रहरी तनाव थपिने काम गरेको छ । अहिले जमुनाहमा हरेक बिहान ५ बजे देखि नै सैयोको भिड लाग्ने गरेको जमुनाह इन्चार्ज बिष्णु गिरिले बताउनुभयो । हामी भिडलाई ब्यवस्थिति गरेर चेक जाँच गरि मात्र आउन जान दियेको बताए । यसै बिसय अनलाइनखोजखबरले “” हिन्दी भाषामा एउटा उखान छ,” गुड़ खाव गुलगुले से परहेज” याे उखानले प्रत्यक्ष रूपमा गुलियाे पदार्थ सेवन नगर्न संयमता अपनाउने तर गुड़ मिसिएको गुलगुदा खाइ राख्ने।
याे उखानकाे पङ्क्ति नेपालगञ्ज अन्तराष्ट्रिय सीमा नाकामा दुई देश का नागरिककाे आवत जावतकाे सम्बन्धमा गरिएकाे व्यवस्था माथी सटीक उदाहरणको रूपमा लिन सकिन्छ।

विश्व महामारी काेराेना विरूद्ध काे अभियान अन्तर्गत लामाे समय देखि सीमा नाका औपचारिक रुपमा बन्द रहे त पनि अति आवश्यक कामकाे सिलसिलामा आवत जावतकाे सुविधा प्रदान गरिएको कुरालाई सराहनीय कामकाे रुपमा लिनु पर्छ। तर प्रशासनकाे याे सकारात्मक कदमले अन्य गम्भीर त्रुटिहरुलाई नजरअन्दाज गर्न मिल्ने न्यायसंगत हुन्दैन।

उद्देश्य थियाे व्यक्ति व्यक्ति काे बीच भौतिक दूर कायम गरि गराई काेराेना संक्रमण नियन्त्रण र न्युनिकरण, तर उद्देश्यलाई कार्यरूप दिन गरिएको व्यवस्थाले समस्यालाई झन जटिला प्रदान गर्दैछ।
आई डि चेकजाँचकाे नाममा भीड लगाउने कार्य अत्यन्त अपत्यारिलो देखिन्छ। परिचय-पत्रकाे चेकजाँच औपचारिकतामा मात्र सिमित छ। परिचय-पत्रमा के लेखिएका छ भन्ने कुरा पनि हेरिन्दैन भने परिचय-पत्र हेर्ने नाटक मञ्चन किन गरिन्छ भन्ने प्रश्न पनि उत्पन्न हुन्छ। याे त विचार गर्ने आर्काे पाटाे हाेला।

विचारणीय कुरा के छ भनेकाे करीब ४० ५० मिटर राेड मध्ये २ फिटकाे आवत जावतकाे बाटाेमा सिमित राखि जुन किसिमकाे बिना कारण जटिलता उत्पन्न गराइएकाे छ त् यसले व्यवस्थापन पक्षकाे व्यवस्थापन सम्बन्धि अपरिपक्कता छर्लङ्ग भएको छ।
दुवै देशका सीमा नाका रक्षक व्यवस्थापक पक्षहरूलाई अराजक व्यवस्थामा पुनर्विचार गर्न अनुरोध गर्दछु।
गन्तव्य तिर हिन्डेकाे मानिस लाई नाका आर पार हुन दिए त पनि झन्झटिलो पद्धति अपनाइ यात्रु जनहरुकाे समय नष्ट हुने काेराेना संक्रमण काे जाेखिम बढाउने कार्यविधिलाई परिवर्तन गरि फराकिलाे बाटाे बनाइ आवत जावत सुगम हुनु पर्ने व्यवस्था आत्मसात गर्नु पर्छ।।

यसै सम्बन्ध सामाजिक सञ्जाल र विभिन्न अन्लाईन मिडिया मा प्रसारित चित्रमा देखिएका साधारण जनतालाई शरणार्थी जस्तै बनाइ भीड मा परिणत हुन मजबूर गर्ने व्यवस्थापन पक्ष काे व्यवस्थापकिय गुणकाे निन्दा नगर्ने अवस्था छ भन्न नमिल्ने देखिन्छ।
ड्युटीमा खटेका दुवै देशका सीमा रक्षक दलले यात्रुहरुलाई गरिने मानवचित व्यवहार काे पनि खाँचाे देखिन्छ। यस तर्फ पनि प्रशासन पक्षकाे ध्यानार्कषण हाेस। फराकिलो बाटाेले उद्देश्य पूर्तिलाई थप टेवा पुर्याउन्छ। विराेध हाेइन, सचेतना जगाउने उद्देश्य का साथ याे प्रस्तुतिकरण हाे।

अधिवक्ता
जमालुद्दीन अन्सारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x