२ श्रावण २०८३, शनिबार

किन प्रचण्ड पुगे रास्ट्रपति भवन,नेकपा विवाद उत्कर्षमा

एसीपी संवाददाता

२ मंसिर २०७७, मंगलवार १७:१० मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला मंगलबार साँझ अध्यक्ष दाहाल शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । मंगलबार साँझ राष्ट्रपतिलाई भेटेर दाहाल फर्किएको राष्ट्रपतिको सचिवालय स्रोतले जनायो । राष्ट्रपतिको सचिवालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिल्न दाहाललाई सुझाव दिएकी छन् ।

कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष दाहालको तर्फबाट राजनीतिक प्रस्ताव पेस भएपछि अर्को दिन प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए ।
नेकपामा विवाद बढेसँग राष्ट्रपतिको सक्रियता पनि बढेको छ । यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन् ।

सचिवालय बैठकमा दाहालको तर्फबाट प्रस्ताव पेस भएपछि बुधबारका लागि तय भएको सचिवालय बैठक टार्ने पक्षमा ओली छन् । केही दिन बैठक स्थगित गर्ने ओलीको प्रस्ताव लिएर महासचिव विष्णु पौडेल मंगलबार दाहाललाई भेट्न खुमलटार पुगेका थिए । तर, दाहालले बुधबार तय भएको बैठक स्थगित नहुने अडान राखेपछि महासचिव पौडेल फर्किएका थिए ।

दाहाल–नेपाल समूहले बैठकको तयारी गरे पनि मंगलबार साँझ नै बालुवाटारमा ओलीसहित निकट नेताहरुबीच छलफल पनि भएको थियो । इकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x