२ श्रावण २०८३, शनिबार

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

एसीपी संवाददाता

३ मंसिर २०७७, बुधबार ०५:०९ मा प्रकाशित

नेपालगन्ज । दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ७९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि ल्याएको डेढ घण्टामै गएराति २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । कार्तिक २१ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि गएराति साढे १२ बजे उनलाई कोहलपुर ल्याइएको थियो । उनी दम र उच्च रक्तचापका विरामी थिए । यो संगै बाँकेमा बाहिरी जिल्लाका ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x