२ श्रावण २०८३, शनिबार

कम्युनिष्ट पार्टीका बरिष्ठ नेताको भनाई तिनै तहका सरकार छाडा

एसीपी संवाददाता

३ मंसिर २०७७, बुधबार १८:०० मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारमा म्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलाढाली गर्न नहुने बताएका छन्। 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले प्रदेश र स्थानीय सरकारहरू पनि छाडा भएको बताए।
‘तीन तहका सरकार छाडा भएका छन्, गम्भीर समीक्षा गरेर सच्याऔं। ढिलाढाली नगरौं,’ नेपालले बैठकमा भने।
उनले पार्टीभित्र देखिएको विवाद  र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छाएको बताए। 

‘हाम्रा क्रियाकलापले जनता र कार्यकर्तामा निराशा छाएको छ। हामीले आफूलाई समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ,’ उनले भने।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन उठाइएका प्रश्नको जवाफ दिन आफूलाई समय लाग्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डले निराधार आरोप लगाएको भन्दै त्यसको जवाफ दिन १० दिन समय लाग्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले समय मागेपछि आज बसेको नेकपा सचिवालय बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको छ।

आजको बैठक मंसिर १८ गते पार्टी स्थायी कमिटी र २५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।सेतोपातिबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x