२ श्रावण २०८३, शनिबार

सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न राजीनामा दिन सुझाव

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार ०२:२२ मा प्रकाशित

विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।  एवम् पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटरमार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न उठेको भन्दै ओलीलाई हटाउनैपर्ने बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको नेकपा सचिवालय बैठकमा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

यस्तै भट्टराईले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे । 

नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।
— Baburam Bhattarai (@brb1954) November 18, 2020

हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए । 
नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी थिइन् ।
यता पार्टी विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका नेताहरुबीच पटकपटक छलफल भइरहेको छ । रातोपाटि बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x