२ श्रावण २०८३, शनिबार

स्वास्थ्य सामग्रीमा भ्रष्टाचार , कमिसनको खेल भएको प्रमाण आफूसँग छ म बोले देश निकाला हुन् सक्छ-चौधरी

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार १२:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखिनै आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने कुरा दोहोर्याउँदै आएका छन्। ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ प्रधानमन्त्री केपी शर्मा ओलीको मुखबाट पटकपटक सुनिदै आएका शब्द हुन यी।
तर, देशमा कोरोना महामारीका बीच पनि भ्रष्टाचार भएको, यसमा सरकारकै उच्च ओहोदाका मन्त्रीहरु संलग्न भएको आरोप लाग्दै आएको छ। स्वास्थ्य सामग्री खरिदमा होस् वा सरकारी खर्चका कुरामा जताजतै भ्रष्टाचार भएको गुनासोका बीच केही समयअघि युवाहरु बालुवाटारमै प्रदर्शनमा उत्रेका थिए।
तर, पनि सरकारले नत कोरोना महामारी नियन्त्रणमा लिन सक्यो, न भ्रष्टाचार सम्बन्धीका गुनासाहरुलाई सम्बोधन गर्न सकेको छ। त्यसैले वर्तमान सरकारलाई केही बुद्धिजिवीहरुले ‘काण्डैकाण्ड’को सरकार भन्ने गरेका छन्। प्रधानमन्त्री ओली तथा सत्ताधारी नेताहरु सरकारका कामको बचाउ गर्दै आएका छन्।
यसैबीच, उद्योगपति विनोद चौधरीका भाई बसन्त चौधरीले स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको कुरा, कमिसनको खेल भएको प्रमाण आफूसँग रहेको बताएका छन्। एक टेलिभिजनसँगको अन्रतवार्तामा नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीले भ्रष्टाचार भएको छैन भन्ने सरकारका मन्त्रीहरुलाई आफू जवाफ दिन र बहस गर्न तयार रहेको बताएका छन्।
तर, यसो गरिए बापत आफूलाई देशबाटै लखेनिटने डर रहेको पनि उनले बताए। देशको निम्ती त्यो कुरा पनि स्वीकार्य रहेको चौधरीले बताएका छन्। सामाजिक सञ्चालमा यो भिडियो क्लिप पछिल्लो समय भाइरस भइरहेको छ।
वसन्त चौधरीले भनेका कुरा ‘आरोप’ भन्दा बढी ‘तथ्य’ लाग्छन् । छानबीन होस् । उद्योगपति चौधरीको कुरालाई लिएर राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई ट्विटमा मेन्सन गर्दै आफ्नो कुरा पुष्टि गर्न आग्रह गरेका छन्। उद्योगी चौधरीले आफ्नो कुरालाई राजनीतिकरण नगर्न थापालाई आग्रह गरेका छन्। इन्सााइ डर२४नेपाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x