२ श्रावण २०८३, शनिबार

लैगिङ तथा यौनिक अल्पसंख्यक विभेद विरुद्ध प्रदर्शन

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार १३:४७ मा प्रकाशित

लैंगिक तथा यौनिक अल्पसंख्यक (एलबिटिक्यूआइ) समुदायमध्येका ट्रान्सजेन्डरहरुमाथि हुने विभेद विरुद्ध काठमाडौं बसन्तपुरमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।

ब्लु डाइमन्ड सोसाइटी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको महासंघले संयुक्त रुपमा गरेको प्रदर्शनमा सामाजिक तथा संवैधानिक विभेद कायमै रहँदा सबैभन्दा जोखिम र समस्यामा ट्रान्सजेन्टडहरु रहेकाले सांकेतिक विरोध गर्नुपरेको ट्रान्सजेन्डर महिला मनिषा ढकालले जानकारी दिइन ।

ट्रान्सजेन्टड डे अफ रिमेम्बर २०२० का अवसरमा गरिएको प्रदर्शनमा ट्रान्सजेन्टडमाथि हुने हिंसालाई सम्बोधन गर्न सरकारले अविलम्ब कानून निर्माण गर्नुपर्ने, हिंसा अन्त्य गर्नुपर्ने, निकिशा श्रेष्ठलाई न्याय दिलाउनुपर्ने माग राख्दै प्ले कार्डसहित प्रदर्शन गरेका हुन ।

ट्रान्सजेन्डर महिला तथा पुरुषमाथि हुने हिंसा, विभेद तथा त्यसले निम्त्याउने मनोसामाजिक समस्याको अवस्था विश्वभर विकराल बन्दै गएकोप्रति सहभागीहरुले चिन्ता पनि ब्यक्त गरेका छन् । इमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x