२ श्रावण २०८३, शनिबार

जिल्ला जिल्लामा एमाले बिवाद राप्तीमा कार्यकर्ता सम्बोधनमा अवरोध

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार ०१:३६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सुनियोजित रुपमा आफूविरूद्ध नाराबाजी गरिएको बताएका छन्।

शनिबार अपराह्न नेकपा राप्ती नगर कमिटीको बैठक सम्बोधन गर्दै गर्दा पाण्डेविरूद्ध नाराबाजी भएको थियो। नाराबाजीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरू सहभागी थिए।

पार्ण्डेले भने, ‘गलत तरिकाको विरोध र अवरोधलाई राजनीतिक रुपमै खण्डन गर्छौं।’  

पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन्। उनको कार्यक्रममा विरोध गर्नेहरू प्रधानमन्त्री केपी ओली पक्षधर थिए।

‘इतिहासमा यस्ता गैरराजनीतिक चरित्र समाप्त भएको देखेको छु,’ पाण्डेले भने।

पार्टीमा ओलीको गतिविधिको तीखो आलोचना गर्ने पाण्डेलाई ओली समूहबाटै अवरोध भएपछि नेपालले विज्ञप्ति निकालेरै विरोध गरेका छन्। उनले सो समूहलाई कारबाही गर्नसमेत माग गरेका छन्।

‘यो राजनीतिक तरिका हैन। विचार, धारणा नै राख्न नपाउने किसिमले वातावरण भड्काए,’ पाण्डेले भने, ‘त्यो कमिटीको बैठकभित्र पसेर हल्ला गर्ने अधिकार उनीहरूलाई थिएन। त्यसैले यो सुनियोजित भड्काउ र विरोध थियो।’

पार्टीको नगरकमिटी राप्तीको बैठकका लागि पूर्वअर्थमन्त्री पाण्डेलगायत जिल्लामा प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरू, जिल्ला समितिका नेता, नगर प्रमुखहरूलाई बोलाइएको थियो। सेतोपाटि बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x