३ श्रावण २०८३, आईतवार

सैनिकको सन्तानलाई सरकारी जागिरमा आरक्षणको विषयलाई लिएर बंगलादेश अशान्त

एसीपी संवाददाता

७ श्रावण २०८१, सोमबार ०७:४५ मा प्रकाशित

ढाका, एजेन्सी । सरकारले मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिएको विषयलाई लिएर बंगलादेशमा आन्दोलन भईरहेका छन् ।
आन्दोलनकारीहरुले विहिवार बंगलादेश बन्दको आह्वान गरेका हुन् । प्रदर्शनकारीहरुले अस्पताल, एम्बुलेन्स सहित अति अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवालाई ठप्प पारेको छ ।
विरोध प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भईसकेको हो । चर सय भन्दा बढि प्रदर्शनकारीहरु घाइते भएका छन् । बुधवार बेलुकी राजधानी ढाकामा प्रदर्शन भएको सोही प्रदर्शनलाई नियन्त्रणमा नि सरक्षाकर्मीहरुले बल प्रयोग गर्दा उक्त दुखद घटना भएको बंगलादेशको मिडियाले प्रमुखताका साथ समाचारलाई स्थानीइ दिएका छन् ।
स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ ।
सन् १९७१ को मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी नोकरीमा आरक्षण दिइएको विरोधमा प्रदर्शन हुँदै आएको छ । एक हप्ता अघि सर्वोच्च अदालतले सरकारी नोकरीमा आरक्षणको व्यवस्थामा रोक लगाइ दिएको थियो । तर प्रधानमन्त्री शेख हसिना माथि त्यसलाई कार्यान्वयन हुन नदिएको आरोप लागेको छ ।
बंगलादेशमा पाकिस्तान विरुद्ध १९७१ को युद्ध लडेकाहरुलाई युद्धका नायक भन्ने गरिन्छ । ती युद्ध नायकहरुका छोराछोरीहरुलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था छ । साथै पिछडिएको क्षेत्र र महिलालाई १०÷१० प्रतिशत कोटा छुट्याइएको छ । यसैगरी अल्पसंख्यकलाई ५ र विकलाङ्गलाई १ प्रतिशत आरक्षणको व्यवस्था छ ।
अहिले प्रदर्शनमा उत्रिएकाहरुले यही आरक्षणको व्यवस्था खारेज हुनुपर्ने लगायतका माग अघि सारेका छन् । आरक्षणको खारेज गरी मेरिटका आधारमा नोकरी पाउनुपर्ने उनीहरुको माग छ ।
श्रोतः रोयटर्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x