३ श्रावण २०८३, आईतवार

चीनमा राजमार्ग भत्किदा ११ को मृत्यु ३० घाइते

एसीपी संवाददाता

७ श्रावण २०८१, सोमबार ०८:२६ मा प्रकाशित

श्याम कुमार शाहु ।  चीनको साङ्सी प्रान्तमा आएको बाढीका कारण राजमार्गमा रहेको पुल आंशिक रूपमा भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । साङ्लुओ सहरको झाशुई काउन्टीमा अवस्थित उक्त पुल शुक्रबार साँझ अचानक वर्षा र बाढीका कारण भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले प्रान्तीय प्रचार विभागलाई उद्धृत गर्दै जनाएको छ।  उक्त जानकारी अनुसार शनिबार बिहानसम्म ११ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ३० जनाभन्दा बढी भत्किएपछि बेपत्ता छन् ।

पुल भत्किँदा केही सवारीसाधन पुल मुनि जिन्कियान नदीमा खसेको सरकारी प्रतिवेदनले जनाएको छ ।  पुल भत्किँदा कति सवारी साधनहरु परेका छन् भन्ने यकिन संख्या भने आउन बाँकी छ ।  उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधनलाई उद्दार गरेको र उद्धार कार्य जारी रहेको पनि बताइएको छ ।  आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि टोली पठाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x