२ श्रावण २०८३, शनिबार

हसिनालाई पक्राउ गरेर फिर्ता गर्न भारतलाई बंगलादेशी सर्वोच्च बारको आग्रह

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार ०८:५२ मा प्रकाशित

ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।

उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् । बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x