३ श्रावण २०८३, आईतवार

भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार -श्रृंगला

एसीपी संवाददाता

११ मंसिर २०७७, बिहीबार २०:५६ मा प्रकाशित

भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए ।

उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य गर्नुपर्ने बताए ।

उनले विगतदेखि अहिलेसम्म कोभिड–१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले भने, ‘हामीले कोभिडको खोपको सम्बन्धमा अहिलेसम्म भएका प्रगतीहरुको बारेमा छलफल गयौं ।’ अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x