३ श्रावण २०८३, आईतवार
बाँकेमा २६ जना कोरोना संक्रमित थपिए
नेपालगन्ज । बिहिवार बाँकेमा २६ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा १४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १० जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेमा अब कोरोना संक्रमितको कुल संख्या ३ हजार ८ सय २४ पुगेको छ । हालसम्म ३ हजार ५ सय ८३ जना निको हुँदा ३८ जनाको मृत्यु भएको छ । अहिले २ सय ३ जना आइसोलेसनमा छन् । बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ४१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

Subscribe
Login
0 Comments


