३ श्रावण २०८३, आईतवार

खेलकुद संघ र नेपाली काँग्रेस खेलकुद विभागद्वारा खुल्ला रक्तदान

एसीपी संवाददाता

१२ मंसिर २०७७, शुक्रबार १८:०५ मा प्रकाशित

नेपालगन्जमा ‘खुल्ला रक्तदान’ कार्यक्रम भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाली काँग्रेस खेलकुद विभागद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा अहिले रक्तदान जारी रहेको छ ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्न नसकेकाले प्रतिपक्ष दल जिम्मेवारीका साथ जनताको सेवाम खटिएको बताउँदै मानव सेवाका रुपमा मानिने रक्तदान कार्यक्रम देशभरी आयोजना गरिएको बताउनुभयो ।

नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख समेत रहेका बस्नेतले कोभिड-१९को महामारीमा देशभरी रगतको अभाव हुन नदिन सप्ताह ब्यापी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पुर्व सञ्चारमन्त्री बस्नेतले खेलकुद क्षेत्रले देशको नाम संसारमा उँचो राख्ने भएकाले खेलकुदमा लागेका युवाहरुलाई सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाले सरकार खेलकुद क्षेत्रप्रति अनुदार रहेको भन्दै खेलकुदमा लाग्ने युवाहरुमा निरासा बेढेको बताउनुभयो ।

क्षेत्र नं. २ का सभापति रमेश कुमार गुप्ताले शुभकामना मनतब्य दिनुभएको छ । कार्यक्रममा देशभरीमा सर्वाधिक १५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मान गरिएको थियो । महामारीको अवस्थामा पार्टी जिम्मेवार भएर जनताको जीवन सहज बनाउने तर्फ लागेकाले विरामी मानिसहरुलाई सहयोग होस भन्ने उदेश्यले पार्टीले रक्तदान कार्यक्रमको आह्वान गरेको सभापति कोईरालले उल्लेख गर्नुभयो ।

संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले स्वागत गर्नुभएको रक्तदान कार्यक्रम जारी रहेको छ । कार्यक्रमको अध्यक्षता संघकी केन्द्रिय सदस्य शान्ति सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाकी उपप्रमुख साहिदा बानो,नेपालगन्ज उपमहानगरपालिका वडा १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह लगायतको उपस्थिती रहेको छ। रक्तदान कार्यक्रममा पत्रकार राकेश कुमार मिश्र,स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम जारी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x