२ श्रावण २०८३, शनिबार

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी

एसीपी संवाददाता

१२ भाद्र २०८१, बुधबार ०९:२८ मा प्रकाशित

काठमाडौँ । एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । रामकुमारी झाक्रीले ११२ मत ल्याउनुभयो ।

मधशीतर्फ धर्मनाथ साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नथा खतिवडा निर्वाचित हुनुभएको छ ।

यस्तै उपमहासिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनु भएको छ । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल पनि निर्वाचित हुनुभएको हो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x