२ श्रावण २०८३, शनिबार

एमालेको सचिवालय बैठक आज बस्दै

एसीपी संवाददाता

१३ भाद्र २०८१, बिहीबार ११:२८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

यसअघि बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको थियो । बैठकले २०८४ सालको चुनाव लक्षित गरेर तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–२०८४ को दुई चरणका जनपरिचालन कार्यक्रम सम्पन्न गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x