२ श्रावण २०८३, शनिबार
अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी
काठमाडौं– अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिएको दाबी गरेको हो ।
सेन्ट्रल कमान्डले बयान जारी गर्दै भनेको छ, ‘अमेरिकी र इराकी सैनिकहरुको खतरनाक हतियार, ग्रिनेड र विष्फोट गराउने सुसाइड बेल्टले सुसज्जित लडाकु समूहसँग मुठभेड भयो । यो घटनामा कोही सर्वसाधारण हताहती भएका छैनन् ।’
यद्यपि, अमेरिकी मिडियाहरुमा उक्त कारबाहीका क्रममा केही अमेरिकी सैनिकहरु घाइते भएका समाचार प्रकाशित भएको बीबीसीले जनाएको छ । सीएननेपाल
Subscribe
Login
0 Comments



