कांग्रेस–एमाले गठबन्धपछि राजनीतिमा विश्वासको वातावरण बनेको छ : गृहमन्त्री लेखक
काठमाडौं –गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको सहमति इमान्दारीपूर्वका कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबीच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ,’ उनले भने ।
कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ छ । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनको दाबी छ । खबरहब



