२ श्रावण २०८३, शनिबार

सशस्त्र प्रहरीका दुई बाहिनीपति डीआईजीसहित यी १६ जना अधिकारीको भयो अवकाश

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार १७:३६ मा प्रकाशित

काठमाडौं– सशस्त्र प्रहरी बलका दुई जना बाहिनीपतिको जिम्मेवारीमा रहेका नायव महानिरिक्षक (डीआईजी)सहित १६ जनाको ३० बर्षे सेवा हदका कारण आइतबारदेखि अवकाश भएको छ।

उनीहरू ३० बर्षेविरुद्ध सर्वोच्च अदालत गए पनि अन्तरिम आदेश दिएको थिएन। सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरु अवकाशमा गएका हुन्।

खत्री सशस्त्र प्रहरी बलको बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख थिए।

उनीहरूसहित ११ जना सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पनि अवकाश भएको छ।

एसपीहरु पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावलको अवकाश भएको हो।

उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए। दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन्। उनीहरुमध्ये शाहीले अवकाश अघि विशेष बढुवा पाएका थिए। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x