बलात्कार घटनाका अपराधीलाई कडा कार्यवाही हुनुपर्छ – ध्रुव शर्मा
रुपन्देहीको कोटहीमाईमा १९ बर्षिय किशोरी बलात्कार गर्ने अभियोगमा प्रहरीले पक्राउ गरेकालाई कडा कार्यवाही हुनुपर्छ भन्दै तराई मधेश जनता पार्टीले प्रशासन सङ माङ गरेको छ । किशोरीलाई तालिमको बहानामा ललाइ फकाइ कोटहीमाइ गाउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले घर बाट बोलाएर सामुहिक बलात्कार गरेको समाचार आएको छ । तराई मधेश जनता पार्टीका संयोजक ध्रुव शर्माले बलात्कारका अपराधी जो सुकैलाई उन्मुक्ति दिन नहुने बताउनु भयो । बलात्कार गर्ने अपराधीलाई कडा कार्यवाही र पीडितलाई समयमा नै न्याय दिन प्रहरी प्रशासन सङ माङ गरेका हुन ।

पिडितले बलात्कार घटनामा पिडक कोटहीमाई गाउपालिका शिक्षा शाखामा कार्यरत प्रा सा ३२ बर्षिय मनोहर चौधरी सहित ,कोटहीमाइका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी र कोटहीमाइ वडा नं ३ का वडा अध्यक्ष बिष्णुका छोरा ३५ बर्षिय बंन्टी पान्डे रहेको बताएका हुन । उनीहरुलाई स्थानियले कुटपिट गरी प्रहरीलाई बुझाएको समाचारमा प्रकाशित भएको छ । घटनाबारे थप अनुसन्धानमा प्रहरी लागेको छ ।



