२ श्रावण २०८३, शनिबार

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

एसीपी संवाददाता

१८ भाद्र २०८१, मंगलवार १०:४० मा प्रकाशित

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ ।  अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बिबिसीले उल्लेख गरेको छ ।

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x