२ श्रावण २०८३, शनिबार

पाकिस्तानमा अवकाशप्राप्त शिक्षकलाई प्रहरीबाट यातना

एसीपी संवाददाता

१९ भाद्र २०८१, बुधबार ११:२६ मा प्रकाशित

काठमाडौं– पाकिस्तानमा एक जना अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको घटना बाहिरिएको छ ।

पाकिस्ताबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार सिन्ध प्रान्तको सिनजोरो क्षेत्रमा चोरी गरेको मिथ्या आरोप लगाउँदै अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको हो ।

प्रहरी चौकीमा बोलाएपछि त्यहाँका प्रमुखले आफूलाई गाली गरेको पीडितले बताएका छन् । त्यसपछि प्रहरीले कुटपिट गरेको र बिजुलीको झड्कासमेत दिएको उनको भनाइ छ ।

दुई दिनपछि आफूलाई बेहोस अवस्थामा छाडिएको पीडितलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएको छ । बिजुलीको झड्का दिएसँगै आफ्नो आँखाको ज्योतिसमेत गुमेको उनले जनाएका छन् ।

अदालतले पीडितलाई यातना दिने प्रहरी चौकी प्रमुख र अन्य १६ प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गर्न आदेश दिएको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x