२ श्रावण २०८३, शनिबार

अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा विपन्न , जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

एसीपी संवाददाता

१९ भाद्र २०८१, बुधबार १५:१० मा प्रकाशित

नेपालगन्ज, बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ ।
अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीको सन्दर्भ पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षारोपण गरिएको हो ।
मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँका १७ जना विद्यार्थीलाई कापी कलम, झोला लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।

स्व. अर्जुन रोकाका पिता चोकबहादुर, आमा खिमा सहितका परिवारका सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर बिसी, देबराम विसी, प्रधानाध्यापक चित्रबहादुर बिष्ट लगायतको उपस्थितीमा छात्रबृत्ति बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गोविन्द शर्माले जानकारी दिनुभयो ।
जन्मयजयन्तीको सन्दर्भ पारेर बुधबार नै खजुरा ४ नम्बर वडा कार्यालय, मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, किरणनालास्थित शम्सानघाट र सुर्यज्योती आधारभुत विद्यालय बैजनाथ ७ मा स्वामी, अशोक, धुपी, सितलचिनी, अमला लगायत प्रजातिका बिरुवा रोपिएको प्रतिष्ठानका कोषाध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।
वडा अध्यक्ष टेकबहादुर रोका, वडा सदस्य लिला सुनार लगायत स्व. अर्जुनका परिवारका सदस्य, न्यु दर्पण युवा स्र्पोटस क्लवका अध्यक्ष प्रकाश केसी, समाजसेवी, विरबहादुर बिसी, बिर बहादुर बुढाक्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उज्जवल बिसी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
२६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।
न्युदर्पण यु स्पोर्टस क्लवका कोषाध्यक्ष अर्जुनको गत साउन ४ गते नेपालगञ्जको धम्बोझी सडक दुर्घटनामा पनि निधन भएको हो । उहाँको स्मृतिमा अर्जुन रोका स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x