२ श्रावण २०८३, शनिबार

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

एसीपी संवाददाता

२० भाद्र २०८१, बिहीबार १३:११ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ ।

महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरको आयोजनामा भएको पत्रकार सम्मेलमा गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।

उहाँले यो प्रकरणलाई आफूले गम्भीरतापूर्वक लिएको र घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभयो । साथै अनुसंधान भइरहेकाले दोषिलाई कानुनी कठघरामा ल्याउने दाबी पनि गर्नुभयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा ०७५ साउन ११ गते घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x