२ श्रावण २०८३, शनिबार

ब्राउन सुगर सहित २ जना पक्राउ

एसीपी संवाददाता

२० भाद्र २०८१, बिहीबार १३:२३ मा प्रकाशित

नेपालगञ्ज : भारतीय सीमावर्ती बजार हुँदै गुलरियातर्फ जाँदै गरेका दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया–नेपालगञ्ज हुलाकी सडकखण्डको भादा पुल नजिकै जाँच गर्दा उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । गएराति भे ११ प १७२३ नम्बरको मोटरसाइकल चढेर आएका गुलरिया–१२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवती प्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवं डीएसपी तुलसीराम अर्यालले पक्राउ गरिएका सलाम र कुर्मीका साथबाट उक्त पदार्थसहित नगद ८२ हजार ७९ रुपैयाँ बरामद गरिएको बताए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x