२ श्रावण २०८३, शनिबार

अरूलाई दोष दिएर हुँदैन,देश बनाउने हामीले हो: प्रधानमन्त्री ओली

एसीपी संवाददाता

२२ भाद्र २०८१, शनिबार ११:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन  । उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए । उनले अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको बताए।

प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्न सके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउन लाग्न आग्रह गरे । उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको बताए। देशलाई सबल बनाउने गतिशीलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।प्रधानमन्त्री ओलीले जनतालाई पुर्‍याउने सेवामा कुनैपनि कारणले कमी हुन नदिन निर्देशन दिए  । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x