२ श्रावण २०८३, शनिबार

जनमत अध्यक्ष डा.राउत जनकपुरधाममा, विमानस्थलमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री र नेताकार्यकर्ताले गरे भव्य स्वागत

एसीपी संवाददाता

२४ भाद्र २०८१, सोमबार १७:०१ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टीको भ्रातृसंस्था जनमत इन्जिनियर संघको कार्यक्रममा सहभागी हुन सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका छन् ।
बुद्ध एयरको विमानबाट सोमबार जनकपुरधाम आएका अध्यक्ष डा.राउतको जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्नका लागि पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, प्रदेशका मुख्यमन्त्री एवम् पार्टी नेता सतिशकुमार सिँह, मधेश प्रदेशसभामा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादव, पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी उद्योग, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँसहित सयौँ नेताकार्यकर्ता जनकपुर विमानस्थल पुगेका थिए ।
विमानस्थलमा जनकपुरधामको भानुचोकस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका अध्यक्ष डा.राउत पार्टीका धनुषा, महोत्तरी र सिरहा, सर्लाहीलगायत जिल्लाका नेताकार्यकर्तासँग भेटेर छलफल गरेका छन् ।
आज अपराह्न जनकपुरधाममा जनमत इन्जिनियर संघ र रिनले नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कार्यकारिणी समिति र प्रदेशको कार्यकारिणी समिति निर्वाचनका सन्दर्भमा आयोजना गर्ने उम्मेदवार परिचय तथा अन्तक्र्रियालाई डा.राउतले सम्बोधन गर्नेछन् ।
सो कार्यक्रम जनकपुरधामको मसला कटेजमा बेलुका ४ बजेबाट सुरु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x