अखिल क्रान्तिकारी बाँके ले जिवन ज्योती स्कुल लाइ दियो १५ दिने अल्टिमेटम
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुललाई अखिल क्रान्तिकारीले १५ दिने अल्टिमेटम दिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी निकट बिध्यार्थी संगठन अखिल क्रान्तिकारीले भदौ २५ गते एक प्रेस बिज्ञपति जारी गर्दै १५ दिने अल्टिमेटम दिएको हो। पछिल्लो समयमा जिवन ज्योती स्कुलले राज्यको निति नियम र कानुनलाई गम्भिर उल्लङघन गरी अबैध क्रीयाकलाप गर्दै आइरहेको यथेष्ठ प्रमाणहरु भेटीएको संगठनले बताएको छ।
विध्यालय भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती बितरणमा गम्भिर अपारवर्शीता, विध्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले बिध्यार्थिहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले उल्लेख गरेको छ।
बिध्यालयले धार्मिक प्रचार प्रसारका सम्पूर्ण तस्विर एवंम अन्य रंगरोगन हटाइ संथागत बिध्यालय मापदण्ड निर्देशिकालाई कार्यन्वयन गर्न अपिल गरेको छ।
१५ दिनभित्र आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल बटाला ले जानकारी दिएका छ्न ।



