जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नेपालगन्ज भब्य स्वागत
रिसब सिंह वाडिया , नेपालगन्ज –
लुम्बिनी प्रदेश समिति जसपा, नेपालको आयोजना र जिल्ला कार्यसमिति जसपा नेपाल, बाँकेको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” मूल नारा का साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रहनु भएको हो । नेपालगन्जमा जसपा नेपाल का कार्यकर्ता हरुले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको भब्य स्वागत गरेका थिए ।
नेपालगंज उपमहानगरपालिका का उप मेयर कमरुद्दीन राई , लुम्बिनी प्रदेश मामिला तथा कानून समिति का सदस्य माननीय अम्विका काफ्ले को पहलमा आज अगुवा नेता तथा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपाल केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले पार्टीको बारेमा आफ्नो धारणा राख्नु भएको थियोे ।
जनता समाजवादी पार्टी, नेपाल केन्द्रिय सदस्य ,जिल्ला अध्यक्ष नेपालगंज उपमहानगरपालिका का उप मेयर कमरुद्दीन राई , जनता समाजवादी पार्टी, नेपाल केन्द्रिय सदस्य , लुम्बिनी प्रदेश मामिला तथा कानून समिति का सदस्य माननीय अम्विका काफ्ले लगायत को उपस्थिति का साथै जिल्ला स्तरीय नेता कार्यकर्ता उल्लेखनीय सहभागिता रहेकोे थियोे ।




