नेपालमा अबैध रूपमा बस्ने बाङ्लादेश नागरिक पक्राउ , प्रहरीको अनुसन्धान शुरु
जनकपुरधाम हिमालीनी – बिहीबार गोप्य सूचनाका आधारमा नेपाल प्रहरीले वीरगञ्जस्थित आर्यन होटलको कोठा नम्बर २०२ बाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकाले प्रहरीलाई सोधपुछका क्रममा आफ्नो नाम मोहम्मद शहादत हुसेन (२९) र बाबुको नाम अमिन सरिफ बंगलादेशको सिलहेट होबिगञ्जका रहेको खुलासा गरेको छ । उनीसँग राहदानी, भिसालगायतका अन्य कागजातहरू फेला परेका छैनन्। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार नेपालमा पनि ठूलो संख्यामा बंगलादेशी र रोहिंग्या मुस्लिमहरु गैरकानुनी रुपमा बस्दै आएका छन् । उनीहरुले नेपालका सहर र गाउँमा लेबर र मजदुरी गर्ने गरेका हुन भने केहि त कपडा सिलाउने काममा लागेका हुन । यदि तपाईं उर्दू, बंगाली बोल्नुहुन्छ भने, तपाईं भारतको बंगाल प्रदेशको हुनुहुनेछ भन्ने कुरामा कसैले शंका गर्दैन। नेपाल र भारतको खुला सिमानामा कडा निगरानीका बाबजुद पनि उनीहरु लुकिछुपी नेपाल प्रवेश गर्छन् । धेरै बंगलादेशीहरूले हिन्दूको नक्कल गर्दै हिन्दू नाममा बसिरहेका छन् । उनीहरुलाई जोगाउन एउटा् समुदाय लागि परेको श्रोतले जनाएको छ ।



