२ श्रावण २०८३, शनिबार

बुढो भएँ, भोली आउने नेताले सम्हाल्नुपर्छ’ भन्ने देउवाको बयानले गगनलाई सहज छ सपनाको बाटो

एसीपी संवाददाता

२९ भाद्र २०८१, शनिबार ०७:१६ मा प्रकाशित

काठमाडौं– मार्मिक नभए पनि आशावादी बयान दिएका कांग्रेस सभापति शेरबहादुर देउवाको बयानले महामन्त्री गगन थापाले देखेको सपनाको बाटो सहज बनाउन मद्दत पुग्ने विश्लेषण गरिएको छ।

कांग्रेसको एउटा कार्यक्रममा देउवाले विहीबार भनेका थिए,‘बुढो भएँ, भोली आउने नेताले सबै सम्हाल्नुपर्छ। चनुौति सम्हाल्न सिक्नुहोस्।’

यो भनाईको अर्थ हो आगामी महाधिवेशनमा सभापतिको रेशमा देउवा हुने छैनन्। कतिपयले विधान संशोधनको विषय पारित गरी तेस्रो कार्यकालका लागि देउवा तयार हुन सक्ने भन्ने संशयलाई उपर्युक्त भनाईले खण्डित गरेको छ।

‘उमेरका कारणले र अन्य कारणले अब मैले विश्राम लिनुपर्छ’, देउवाले यसो पनि भनेका थिए।

देउवाको यो भनाईसँगै आगामी १५औं महाधिवेशनमा सभापतिका निम्ति बाटो कोरिरहेका महामन्त्री गगन थापाको सपनाको एउटा जटिल बेरियर हटेको छ। अर्थात्, देउवा मैदानमा हुनेछैनन् भने संस्थापनको उत्तराधिकारी पनि तयार नहुँदै आएको बयानले थापाको तयारीमा सहयोग हुनेछ।

हुन त देउवा आफैं पनि गगनसँग एउटा सहमति गरी संस्थापनको आधिकारिक सभापतिका उम्मेदवार बनाउने तयारीमा रहेको संकेत नमिलेको होइन। त्यो संकेत भनेकै गगन थापाको प्रस्ताव केन्द्रीय समितिमा पारित हुनु र अहिले सत्तारुढ काममा देउवाले थापालाई महत्वपूर्ण जिम्मेवारीमा अगाडि बढाउनू पनि हो।

तर यसबीचमा संस्थापनको उत्तराधिकारीका रुपमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाएर देउवा बढ्न सक्ने चर्चा भएका थिए।

‘राजनीतिमा यस्ता चर्चा स्वभाविक हुन्छन्। कसको पल्ला भारी छ र कहाँबाट लाभ हुन सक्छ भन्ने तुलना गर्न देउवालाई कसैले पनि बुझ्न सक्तैन’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘कोइराला पक्षको मेरुदण्ड नै गगन थापा थिए। त्यो मेरुदण्डको उपयोग देउवाले गरे पनि कांग्रेस नेतृत्वमा कोइराला फ्याक्टर अझ केही समयसम्म उदाउन मुस्किल हुने नै छ।’

थापाले अहिलेदेखि नै ‘मिशन पिएम’ चलाइसकेका छन् भने त्यसका लागि कांग्रेसको संसदीय दलको नेता र सभापति हुन अनिवार्य आवश्यक हुन्छ। यसकारण महाधिवेशनमा सभापतिमा थापाको उम्मेदवारी रहने कुरामा कुनै पनि प्रकारको संशय नरहेको बताइन्छ।

थापा आफैंले पनि भनेका छन्,‘अब मसँग राजनीति गर्ने लामो समय छैन। यसकारण सभापतिमा लड्छु। संसदीय दलको नेता पनि बन्छु।’ राजनीतिक रुपमा कांग्रेसभित्रको सक्रियतालाई हेर्दा थापा नै चलायमान देखिन्छन्।

विपक्षी हुँदा सत्तापक्षसँग र सत्तामा रहँदा विपक्षीलाई ‘नेक टु नेक’ जवाफ दिने जिम्मेवारीमा थापा रहेका छन्। अर्कातिर उनको लोकप्रियता र विश्वासको फरक पाटोमा कांग्रेसीजन रहेको पनि बुझिन्छ।

योसँगै कांग्रेस नेतृत्वमा रुपान्तरण खोजिरहेका महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता स्वास्थ्यमन्त्री प्रदीप पौडेलको साथ पनि गगन थापालाई हुने लगभग निश्चित छ।  सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x