२ श्रावण २०८३, शनिबार

सदनमा कांग्रेस–एमालेका मागलाई प्रधानमन्त्री ओलीले दिए ‘बजार हल्ला’को संज्ञा

एसीपी संवाददाता

२९ भाद्र २०८१, शनिबार १०:१५ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मुद्दा समेत बनेको उपसभामुख इन्दीरा राना मगरबारे अहिले उठेको प्रश्नलाई हलुका टिप्पणी गरेका छन्।

संवैधानिक परिषदको बैठकका क्रममा उपसभामुखको राजीनामा वा अविश्वासको प्रस्ताव आउने विषयमा चर्चा भएको थियो। तर, ओलीले त्यसलाई ‘बजार हल्ला’ भनी सामान्य टिप्पणी गरेका हुन्।

जबकि, यहि मुद्दा सत्तारुढ नेपाली कांग्रेस र प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका लागि खास बनेको थियो। यहाँसम्मकी यो विषयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले निरन्तर टिप्पणी दिइरहेका छन् भने सत्तारुढ गठबन्धनमा पनि छलफल भएको विवरण सार्वजनिक भएका थिए।

दुई दिन राष्ट्रिय मिडिया मात्र होइन पुरै राजनीति नै गर्माएको विषय बन्यो उपसभामुख रानाको राजीनामा वा अविश्वासको प्रस्ताव। यति मात्र होइन नेपाली कांग्रेसको पदाधिकारी बैठक, प्रमुख प्रतिपक्षी दलको संसदीय दलको बैठक, रास्वपाको सचिवालय बैठक सबैतिर यो विषयले औपचारिक एजेन्डाका रुपमा प्रवेश पायो र धारणा सार्वजनिक भए।

कांग्रेसले उपसभामुखको राजीनामा माग्यो भने माओवादी र रास्वपाले राजीनामा दिन नहुने र सत्तारुढ दलका संख्यामा चले राम्रो नहुने चेतावनी पनि दिए।

प्रतिनिधि सभामा कांग्रेस र एमालेका सांसदले उपसभामुखको राजीनामा माग गरेका थिए। लामो समयसम्म सदनमा यहि विषयमा चर्चा भयो। तर, यस्तो विषयलाई प्रधानमन्त्री ओलीले ‘बजार हल्ला’ भनेर हलुका टिप्पणी गरिदिए। यसको खुलासा संवैधानिक परिषदको बैठकबाट निस्कने क्रममा शुक्रबार राती उपसभामुख रानाले भनिन्,‘प्रधानमन्त्रीले यस्तो बजार हल्लाको पछि नलाग्न भन्नुभयो।’ सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x