२ श्रावण २०८३, शनिबार

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

एसीपी संवाददाता

२९ भाद्र २०८१, शनिबार ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदनप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’ सन् २०१२ देखि सुरु भएको यो अभ्यासको चौथो संस्करण हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x