३ श्रावण २०८३, आईतवार

चिनियाँ रक्षामन्त्री आउँने दिन पनि राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा र्‍याली

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार १०:४९ मा प्रकाशित

हेटौंडा । चिनियाँ रक्षामन्त्री काठमाडौँमा रहँदा हेटौँडामा सरकार विरुद्ध ठुलो र्याली निकालिएको छ ।

हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको हो । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा राजतन्त्र जिन्दावादुको नारा लगाउँदै र्या‍ली निकालिएको हो ।

राजतन्त्र जिन्दावादुको नारा लगाउँदै निकालिएको र्या‍ली राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले जानकारी दिए ।

हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । र्या‍लीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो। नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x