२ श्रावण २०८३, शनिबार

भारतको सडकमा चिया बेच्ने, नेपालको सेलिब्रीटी

एसीपी संवाददाता

३ आश्विन २०८१, बिहीबार ००:४२ मा प्रकाशित

received_387425227755561-1726673760.jpeg
भदौ ३१ गते झापा आइपुगेका चायवालालाई त्यहाँको पाँचतारे होटेल मेची क्राउन प्लाजामा राखिएको थियो । ग्लोबल इनोभेसन पार्टनर्सका म्यानेजिङ डाइरेक्टर दिव्य सापकोटाले धनाढ्य बिल गेट्ससँग डली चायवालाको सीधा सम्पर्क रहेको दाबी गरे । उनले भने, ‘डली सरको अहिले पनि बिल गेट्ससँग सीधा सम्पर्क छ । अरू ठूल्ठूला मान्छेसँग पनि चिनजान छ । त्यही भएर अली सरको किताब ठूल्ठूला मान्छेसम्म कसरी पु¥याउने भनेर छलफल गर्न पनि नेपाल आउनुभएको हो ।’

दुईजना बडीगार्ड र एक जना म्यानेजर सहित नेपाल आएका डली चायवालाले आज काठमाडौंको विभिन्न स्थानमा चिया खुवाएका छन् ।

जी–सेभेनको बैठकमा सहभागी हुन भारत आउँदा बिल गेट्सले डली चायवालाको चिया पिएको भिडियो आफ्नो पेजमा राखेपछि संसारभरका मिडियाले उनको चर्चा गरेका थिए । यसपछि विश्वव्यापी रूपमा चर्चामा आएका डली चायवाला अहिले विभिन्न देशहरू घुमिरहेका छन् । उनको पुरानो पेशा चाहिँ चिया पकाएर बेच्ने नै थियो ।‘डली चायवाला’ सोमबार नेपाल आइपुगेका हुन् ।
विश्वव्यापी चर्चा
हालै भारतमा सम्पन्न जी–सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि डली चायवाला विश्वव्यापी चर्चामा आएका हुन्। उनलाई संसारभरका ठूला मिडियाले कभरेज गरेका छन्, र पछिल्लो समय उनी विभिन्न ब्राण्डसँग पनि आबद्ध भएका छन्।

received_1028721132081723-1726674495.jpeg
भारतको नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने।  १७ वर्षदेखि चिया बेच्ने डली दक्षिण भारतीय चलचित्र र कलाकारबाट प्रेरित छन्। डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए। उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन्।  इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन्।

नेपाली युवा वैज्ञानिक वा भौतिकशास्त्री आरिफ अलिले नेपाल आउनका लागि डलीलाई निम्तो गरेका हुन् । खासगरी, झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफले चायवालालाई बोलाएका हुन् । अलिले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याएका हुन्। अलिले डली चायवाला यहाँ घुम्न आउँदा नेपाली पर्यटनमा टेवा पुग्ने बताएका छन् । सामाजिक संजालमा भाइरल चायवाला मार्फत् विश्वका मानिसले नेपाल देख्ने उनले अपेक्षा गरेका छन् ।  यति मात्र नभई, डली चायवालाको पोखरा भ्रमणको तालिका रहेको छ । उनी तीन दिन पोखरा घुम्नेछन् ।

received_1241826663832062-1726674573.jpeg
रजनीकान्त स्टाइलमा चिया पकाउने र सोहि स्टाइलमा नै चिया पकाउने र पस्किने उनको शैलीकै कारण डली चायवाला सामाजिक सञ्जालमा भाइरल भएका थिए । नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने । विश्वकै धनाढ्य व्यवसायी बिल गेट्स उनकै स्टलमा गएर चिया पिएपछि उनको चर्चा चुलियो । त्यसयता उनले फर्केर हेर्नुपरेको छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् ।
को हुन् डली चायवाला ?
१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्वप्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनको चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समारोहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनको र चियाको सुटिङ गरेको थियो ।
दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x