२ श्रावण २०८३, शनिबार

नेपाल जनता पार्टी पर्साको वीरगंजमा जनजागरण एवम् पार्टी प्रबेश कार्यक्रम

एसीपी संवाददाता

३ आश्विन २०८१, बिहीबार ०८:२० मा प्रकाशित

वीरगंज । नेपाल जनता पार्टी पर्साको वीरगंजमा जनजागरण एवम् पार्टी प्रबेश कार्यक्रम सम्पन भएको छ । पार्टीका जिल्ला सभापति अनिल कुर्मीको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाट पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराजले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेता महाराजले पार्टीको मुल एजेन्डा हिन्दुराष्ट्र रहेको वताए । उनले हिन्दु राष्ट्र घोषणा गर्न सरकारसंग मांग पनि गरे । उनले हिन्दुहरुको बाहुल्य राज्यमा धर्मनिरपेक्ष लादनु गलत रहेको बताए ।

कार्यक्रम प्रमुख अतिथी समेत रहेका नेता महराजले दिनप्रतिदिन पार्टीमा प्रबेश गर्नेको लहर उठेकोले सबै नेपालीहरु नेपाल जनता पार्टीमा आबद्ध हुनु पर्ने वताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व डिआईजी कृष्णभक्त ब्रहम्माचार्य, केन्द्रिय सदस्य सुरेश साह कानु, प्रहलाद साह कलवार, सर्लाही जिल्ला उपाध्यक्ष मनिशंकर सिंह, चितवन जिल्ला संयोजक संतोषी बास्तोला, पुर्ब जिल्ला अध्यक्ष धिरज साह, महामंत्री नविन मिश्रा, मन्त्री आनन्द सिंह लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी केही व्यक्तिहरुले नेपाल जनता पार्टीमा प्रबेश समेत गरेका थिए । कार्यक्रमको संचालन बिनोद कुर्मीले गरेका थिए ।कालिकाटाईम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x