२ श्रावण २०८३, शनिबार

बालेन साहका समर्थक कुटिए

एसीपी संवाददाता

३ आश्विन २०८१, बिहीबार १८:३५ मा प्रकाशित

काठमाडौं दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले कुटपिट गरेको हो ।

‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछी कुटपिट भएको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो सङ्ख्यामा युवाहरू राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x